मलेकपुरमा पुर्व राज्यमन्त्री शम्भु साहद्वारा सडक ढलानको शिलान्यास

मलेकपुरमा पुर्व राज्यमन्त्री शम्भु साहद्वारा सडक ढलानको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार १४:२३
मलेकपुरमा पुर्व राज्यमन्त्री शम्भु साहद्वारा सडक ढलानको शिलान्यास

जनकपुरधाम : जनमत पार्टीका प्रदेश सांसद तथा पूर्व पर्यटन राज्यमन्त्री इन्जिनियर शम्भु साहले राजगढ गाउँपालिकामा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।

शुक्रबार मधेश प्रदेशसभा सदस्यसमेत रहेका ईन्जिनियर साहले राजगढ गाउँपालिका-५ मलेकपुरमा उक्त सडक निर्माण कार्यको शिलान्यास गरे। मधेश प्रदेश सरकारबाट उक्त योजनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ।

ADVERTISEMENT

शिलान्यास कार्यक्रममा जनमत पार्टीका राजगढ गाउँपालिका अध्यक्ष उपेन्द्र मण्डल,दिलिप साह,किसुन साह,सन्तोष झा र कृष्णा मंडलको पनि सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार १४:२३

तपाईको प्रतिक्रिया !