गोविन्दपुरमा सांसद शम्भु साहद्वारा सडक ढलानको शिलान्यास

गोविन्दपुरमा सांसद शम्भु साहद्वारा सडक ढलानको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १, बिहीबार १८:०१
गोविन्दपुरमा सांसद शम्भु साहद्वारा सडक ढलानको शिलान्यास

जनकपुरधाम : जनमत पार्टीका प्रदेश सांसद तथा पूर्व पर्यटन राज्यमन्त्री इन्जिनियर शम्भु साहले डाक्नेश्वरी नगरपालिकामा सडक ढलान कार्यको शिलान्यास गरेका छन्।

बिहीबार एक विशेष समारोहबीच सप्तरी क्षेत्र नं. ३(ख) बाट निर्वाचित सांसद साहले डाक्नेश्वरी नगरपालिका–५ गोविन्दपुरमा उक्त सडक निर्माण कार्यको शिलान्यास गरे। मधेश प्रदेश सरकारबाट उक्त योजनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ।

ADVERTISEMENT

शिलान्यास कार्यक्रममा डाक्नेश्वरी नगरपालिका–५ का वडाध्यक्ष रमेश चौधरी, जनमत पार्टीका नगर सचिव मदनेश्वर सदा, शिव चौधरी, जागेश्वर साह, दिनेश मण्डल र श्रवण मण्डलको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १८:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !