जनमतका सचिव बीपी साहद्वारा गणेशमानमा आयोजनाहरुको शिलान्यास

जनमतका सचिव बीपी साहद्वारा गणेशमानमा आयोजनाहरुको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १, बिहीबार १६:०१
जनमतका सचिव बीपी साहद्वारा गणेशमानमा आयोजनाहरुको शिलान्यास

जनकपुरधाम : जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले धनुषाको क्षेत्र नम्बर एकमा पर्ने गणेशमान चारनाथ नगरपालिकामा आयोजनाहरुको शिलान्यास गरेका छन् । नेता साहकै पहलमा मधेश प्रदेश सरकारद्वारा प्रदान गरिएका आयोजनाहरुको शिलान्यास विहीबार उनले गरेका हुन् ।

राधापुर–गंगापुर, भरतपुरलगायतका विभिन्न गाउँमा नेता साहको पहलमा सिचाई तथा खानेपानीका आयोजनाहरु प्रदान गरिएको छ । अन्य गाउँहरुमा आयोजनाहरु सुरु भइसकेका छन् भने कतिपय आयोजनाहरु सुरु हुने क्रममा रहेको जनमत पार्टीका नगर सचिव सुरेन्द्र महतोले जानकारी दिएका छन् ।

ADVERTISEMENT

केन्द्रीय सचिव साहलाई गणेशमान चारनाथ नगरपालिकामा सिचाईका थप आयोजनाहरु ल्याउन सर्वसाधारणहरुले आग्रह गरेको पार्टीकी नगर कोषाध्यक्ष दुलारी देवी महतोले बताइन् ।

शिलान्यास कार्यक्रमा गणेशमान चारनाथ नगरपालिकाका सर्वसाधारणहरुसँग भेट्दै नेता साहले प्रदेश सरकारको आगामी बजेटमार्फत थप विकास निर्माणका आयोजनाहरु ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनमत पार्टीको नेतृत्वमा भएको किसान आन्दोलनमा यस नगरपालिकाका किसानहरुको योगादन ठूलो थियो । त्यसकारण यहाँका किसानहरुका लागि आवश्यक आयोजनाहरु ल्याउन पहल गर्नेछु’ नेता साहले भने,‘यहाँका जनताका लागि आवश्यक महत्वपूर्ण आयोजनाहरुको पहिचान गर्दैछु । तपाईहरुले पनि सुझाव दिनु होला ।’

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १६:०१

तपाईको प्रतिक्रिया !