गणतन्त्र दिवसकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न सांसद निधिको माग

गणतन्त्र दिवसकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न सांसद निधिको माग
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १, बिहीबार १५:५२
गणतन्त्र दिवसकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न सांसद निधिको माग

काठमाडौं : सत्तापक्ष दल नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले गणतन्त्रकै दिन बजेट ल्याउने व्यवस्था संधोधन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद निधिले संविधान दिवस र बजेटको तुलना हुन नसक्ने भएकाले सो दिन बजेट ल्याउने परम्परा हटाउन माग गरेका हुन्।

ADVERTISEMENT

‘गणतन्त्र दिवस र बजेटको तुलना हुन सक्दैन। हुन त संविधानले नै व्यवस्था गरेको हो। उसो भए संशोधन गरियोस्,’ उनले भने।

संसदको कार्यसूचीभित्र बस्ने विषय भएकाले त्यसमा सभामुखलाई पनि त्यसमा भूमिका खेल्न आग्रह गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १५:५२
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !