जनकपुर जेसिजका महासचिव ईन्जिनियर दिपक यादवद्वारा १५ औं पटक रक्तदान

जनकपुर जेसिजका महासचिव ईन्जिनियर दिपक यादवद्वारा १५ औं पटक रक्तदान
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३०, मंगलवार २०:२७
जनकपुर जेसिजका महासचिव ईन्जिनियर दिपक यादवद्वारा १५ औं पटक रक्तदान

जनकपुरधाम : जनकपुर जेसिजका महासचिव ईन्जिनियर दिपक यादवले मंगलबार जनकपुरधामको मुजेलियास्थित मधेश रक्त संचार केन्द्रमा पुगेर १५ औं पटक रक्तदान गरेका छन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्तिको उपचारमा सहयोग पुर्‍याउन उनले रक्तदान गरेका हुन्।

ADVERTISEMENT

रक्तदानपछि उनले मानव जीवनमा रक्तदान अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै भने, “मानिस भएर जन्मिएपछि धेरैले आफ्नै लागि केही न केही गरिरहेका हुन्छन्, तर अरूको लागि केही गर्न चाहनेहरू कम हुन्छन्। हाम्रो जीवनले अर्थ पाउन अरुको सेवा र सहयोगमा तत्पर रहन जरुरी छ। त्यसभन्दा मात्र साँचो सुख र सन्तोष मिल्छ।”

महासचिव यादवले १५ औं पटक रक्तदान गर्न पाउँदा अत्यन्तै खुसी र प्रफुल्लित महसुस भएको बताए।

साथै, उनले सबै युवाहरुलाई पनि नियमित रक्तदान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार २०:२७

तपाईको प्रतिक्रिया !