विद्यार्थी नेता यादव रक्तदान गरि मनाए जन्मदिन

विद्यार्थी नेता यादव रक्तदान गरि मनाए जन्मदिन
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २५, बिहीबार १३:०४
विद्यार्थी नेता यादव रक्तदान गरि मनाए जन्मदिन

जनकपुरधाम : विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्वको परिचय दिँदै रक्तदान गरेका छन्।

बिहीबार उनले जनकपुरधाम उपमहानगरपालिकाको मिजेलियास्थित मधेश रक्त संचार केन्द्रको कार्यलय पुगेर रक्तदान गरे।

यादवले यो अवसरलाई सामान्य उत्सवको रूपमा नभई मानव सेवाको माध्यम बनाउने प्रयासस्वरूप रक्तदान गर्न रोजेका हुन्।

“रक्तदान जीवनदान हो,” अध्यक्ष यादवले भने, “जन्मदिनको खुशी अरूसँग बाँड्दा मात्र यसको अर्थ हुन्छ।”

उनले यो कार्यलाई प्रेरणाका रूपमा लिन सबै युवाहरुलाई आग्रह गरेका छन्। यादवका अनुसार उनले हालसम्म १७ पटक रक्तदान गरिसकेका छन्, र भविष्यमा पनि निरन्तर रक्तदान गरिरहने प्रतिबद्धता जनाएका छन्।

रक्त संचार केन्द्रका स्वास्थ्यकर्मीहरू यादवको नियमित रक्तदानप्रतिको समर्पणको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार १३:०४

तपाईको प्रतिक्रिया !