सीके राउतद्वारा सलहेश मन्दिरको शिलान्यास

सीके राउतद्वारा सलहेश मन्दिरको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २५, बिहीबार ११:३७
सीके राउतद्वारा सलहेश मन्दिरको शिलान्यास

राजविराज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१ मा निर्माण हुन लागेको सलहेश मन्दिरको शिलान्यास गरेका छन्।

बिहीबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष डा.राउतले मन्दिर निर्माण कार्यको शिलान्यास गरेका हुन्। यो मन्दिर मधेशको सांस्कृतिक तथा धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हो।

मधेश प्रदेश सरकारअन्तर्गत उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय लहानबाट यो मन्दिर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत चैत्र २८ गतेको कार्यादेशअनुसार मन्दिर निर्माणको प्रक्रिया अघि बढाइएको हो।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व शिक्षा मन्त्री महेश प्रसाद यादव, सप्तरी जिल्ला इन्चार्ज राम गमन साहलगायतका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा अध्यक्ष डा. राउतले सलहेशको ऐतिहासिक र सांस्कृतिक महत्त्वका बारेमा चर्चा गर्दै यस मन्दिर निर्माणले स्थानीय पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धनमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ११:३७

तपाईको प्रतिक्रिया !