जनमतका सचिवालय प्रमुखको स्पष्टिकरण: “झूठा प्रचार र आन्तरिक चलखेलको पर्दाफास”

जनमतका सचिवालय प्रमुखको स्पष्टिकरण: “झूठा प्रचार र आन्तरिक चलखेलको पर्दाफास”
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार १२:२१
जनमतका सचिवालय प्रमुखको स्पष्टिकरण: “झूठा प्रचार र आन्तरिक चलखेलको पर्दाफास”

काठमाडौं : जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले मिडियामा पार्टीविरुद्ध भइरहेका झूठा प्रचारप्रति प्रतिक्रिया दिँदै स्पष्टीकरण दिएका छन्।

उनले विशेष गरी दुई इञ्जिनियर ई.ओम कुमार साह र ई. दिपक कुमार साहको प्रसंग उठाउँदै कथित आर्थिक चलखेल र सरूवा सम्बन्धी तथ्य सार्वजनिक गरेका छन्।

साथै, माधव कुमार सिंहसम्बन्धी अनुशासनहीनताको मामलामा पार्टीले प्रक्रिया पुर्‍याएर कारबाही गरेको दाबी गरिएको छ।

ई.ओम कुमार साहको सरूवा विवाद:

उनी सरकारी कर्मचारी भएकोले सरकार जहाँ खटाउँछ, त्यहीँ जानुपर्ने हो। तर, बारा जिल्लामा जान नमान्दै सप्तरीमै २.२ अर्बको भौतिक योजना बजेटमा हस्तक्षेप गर्न खोजेको आरोप छ। २० करोडको सेटिङ ई. दिपक कुमार साहले गरेको आरोप लागेको छ।

भौतिक योजना कार्यालयको नेतृत्वबारे स्पष्टीकरण:

पुर्वाधार विकास कार्यलय राजविराजका प्रमुख ई.संजिवकुमार साह रहेको छ। हालसम्म हाकिम परिवर्तन भएको छैन।

माधव कुमार सिंहप्रति अनुशासन कारबाही:

पार्टीमा उजुरी परेपछि प्रमाण मागिएको थियो, तर तत्काल प्राप्त नभएको थियो। प्रमाण प्राप्त भएपछि २०८१ चैत्र ६ मा सिंहलाई पार्टीले स्पष्टीकरण सोधिएको र आवश्यक कारबाही गरिएको छ। कारबाहीपछि पनि केन्द्रीय समितिमा पुनरावेदन दिन पाइने व्यवस्था रहेको स्पष्ट पारिएको छ।

ई. दिपक कुमार साहको भूमिका र दाबीहरू:

उनले ४८ घण्टाको अल्टिमेटमसहित कारबाही मागे पनि पार्टीको विधानअनुसार प्रक्रिया पुर्‍याएर मात्र निर्णय हुने कुरा प्रष्ट पारिएको छ।

जनमत पार्टी भित्रको आन्तरिक विवादलाई लिएर विभिन्न मिडिया र सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति पार्टीको कारबाहीमा परेपछि केही व्यक्तिहरु बौखलाएको सचिवालय प्रमुख मण्डलले आरोप लगाए।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार १२:२१

तपाईको प्रतिक्रिया !