मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी ईशरद्वारा चार विकास योजनाको शिलान्यास

मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी ईशरद्वारा चार विकास योजनाको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार ०९:२८
मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी ईशरद्वारा चार विकास योजनाको शिलान्यास

जनकपुरधाम : मधेश प्रदेश सभाकी उपसभामुख बबिता कुमारी ईशरले मंगलवार सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा चारवटा विकास योजनाको शिलान्यास गरेकी छिन्।

उपसभामुख ईशरले रुपनी गाउँपालिका–२ स्थित हरिरावा गाउँमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल राजाजी डीहवारको मर्मत तथा पूर्ण निर्माण कार्यको शिलान्यास गरिन्।

त्यसैगरी ,रुपनी गाउँपालिका–३ को कटैयामा रहेको बाबा दिनाभद्री पोखरीको घाट निर्माण कार्यको पनि शिलान्यास गरेकी हुन्।

चारवटै योजनामा कुल ५० लाख रुपैयाँ प्रदेश सरकारबाट विनियोजन गरिएको हो। योजनाहरूको उद्देश्य स्थानीय धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण तथा समुचित विकास गर्ने रहेकी उपसभामुख ईशरले बताइन् ।

शिलान्यास कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ०९:२८

तपाईको प्रतिक्रिया !