जनमत पार्टी मधेश प्रदेशका अध्यक्ष यादव र सचीव गिरी सम्मानित

जनमत पार्टी मधेश प्रदेशका अध्यक्ष यादव र सचीव गिरी सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार २३:३६
जनमत पार्टी मधेश प्रदेशका अध्यक्ष यादव र सचीव गिरी सम्मानित

महोत्तरी : जनमत पार्टी मधेश प्रदेश समन्वय समितिका अध्यक्ष राम स्नेही यादव र प्रदेश सचीव कौशलेन्द्र गिरीलाई सम्मान गरिएको छ।

जनमत पार्टी महोत्तरीद्वारा जलेश्वरस्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा दुबै नेताहरूलाई सम्मान गरिएको हो।

पार्टीका महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलले मधेशको पहिचान झल्काउने गम्छा, फुलमाला र अबिर लगाएर उनीहरूलाई सम्मान गरे।

कार्यक्रममा जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंह, नेता कादिर राइन, फुलचन मुखियालगायत नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रमले पार्टीभित्रको एकता, समर्पण र नेतृत्वप्रतिको विश्वासलाई सशक्त बनाएको जनाइएको छ।

 

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार २३:३६

तपाईको प्रतिक्रिया !