कमला नदीमा बाढी आएपछि आवतजावत बन्द

कमला नदीमा बाढी आएपछि आवतजावत बन्द
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार १४:४९
कमला नदीमा बाढी आएपछि आवतजावत बन्द

सिरहा : सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदिमा बाढी आएपछि आवतजावत बन्द भएको छ।

सोमबार रातिदेखि परेको वर्षाले नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ ।

ADVERTISEMENT

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो । त्यो सञ्चालन नहुँदै भाँसिएको थियो । बाँसको पुल भएपनि मोटरसाइकल र पैदलयात्रीलाई सामान्य सहज भइरहेको थियो ।

पुल निर्माणका लागि आफूहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको सिरहा नगरपालिका ६ वडा अध्यक्ष ईन्द्रजित यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १४:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !