झूटा अफवाह र बदनाम गर्ने प्रयास : ममता शर्माको सामाजिक व्यवहारमाथि उठेको प्रश्न ?

झूटा अफवाह र बदनाम गर्ने प्रयास : ममता शर्माको सामाजिक व्यवहारमाथि उठेको प्रश्न ?
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २२, सोमबार २२:३०
झूटा अफवाह र बदनाम गर्ने प्रयास : ममता शर्माको सामाजिक व्यवहारमाथि उठेको प्रश्न ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की महिला नेतृ ममता शर्माको सामाजिक संजालमा प्रस्तुत व्यवहार पछिल्लो समय आलोचनाको विषय बनेको छ।

शर्मामाथि सामाजिक सञ्जालको प्रयोगमार्फत झूटा आरोप लगाउने, अरूलाई बदनाम गर्ने, र पुराना विवादलाई पुनः उठाएर जनचासो तान्ने प्रयास गरेको आरोप लाग्दै आएको छ।

यसैक्रमा जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले श्रीमती मंजु मण्डललाई कुटपिट गरेको आरोप लगाउदैँ नेतृ शर्माले केही महिनाअघि हिन्दु सम्राट सेनामासमेत रहेकी मंजु मण्डल सिरहाबाट जनकपुर आउनेक्रममा सवारी दुर्घटनामा परि घाइते भएकी थिइन् ।

दुर्घटना भएपछि मंजुलाई चुटपटक लागेकी अंगहरुमा अहिले कालो दाग परेकी थिइन् ।तर,त्यो दुर्घटनामा लागेकी चोटपटकलाई विवादास्पद बनाएकी छिन् । शरीरको विभिन्न भागमा कालोदागहरुको भिडियो बनाएर फेरि सतहमा ल्याउँदै शर्माले व्यक्तित्वमाथि हमला गर्ने खालको भाषा प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल निकै आलोचना गरेका छन्।

उनका अभिव्यक्तिहरूले सामाजिक सद्भावमा प्रतिकूल असर पारेको उनीहरू बताउँछन्।

‘महिलामाथि महिलाकै आक्रमण’

महिला नेतृबाट अरू महिलामाथि लक्षित अभिव्यक्तिहरू आएपछि, केही महिला अधिकारकर्मीहरूले यस्तो प्रवृत्तिले महिलाबीच अविश्वासको वातावरण सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

“एक अर्कालाई दोषारोपण गर्नु वा विगतको प्रसंगलाई फाइदाका लागि प्रयोग गर्नुले महिला सशक्तीकरणको एजेन्डालाई नै कमजोर बनाउँछ,” एक महिला अधिकारकर्मीले मधेशपत्रलाई भनिन्।

घटनाका कारण केही महिलाहरू पारिवारिक र सामाजिक तनावमा परेको, र यसबाट उत्पन्न अवस्थामा तेस्रो पक्षले फाइदा उठाउने प्रयास भइरहेको उनीहरूको भनाइ छ।

जिम्मेवारी र मर्यादाको खाँचो

सामाजिक नेतृत्वमा रहेका महिलाले आफ्ना अभिव्यक्तिमा संयमता अपनाउनुपर्ने सरोकारवालाहरूको धारणा छ।

“व्यक्तिगत प्रचारका लागि अरूको चरित्रमाथि आक्रमण गर्नु स्वस्थ राजनीतिक व्यवहार होइन,” एक राजनीतिक विश्लेषकले मधेशपत्रसँग भने, “यसले समग्रमा महिला नेतृत्वको विश्वसनीयतामा असर पार्न सक्छ।”

सावधानी र चेतनाको आवश्यकता

सामाजिक सञ्जालमा देखिने अपुष्ट र पक्षपाती सामग्रीलाई सतहमा ल्याउने र त्यसको सन्दर्भ नबुझी निष्कर्ष निकाल्ने प्रवृत्ति बढ्दो छ।

सरोकारवाला पक्षहरूले आम नागरिकलाई यस्ता विषयमा सावधानी अपनाउन, र द्वेष वा आरोप–प्रत्यारोपको राजनीति नफैलाउन आह्वान गरेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २२:३०

तपाईको प्रतिक्रिया !