विश्वकै पुरानो गणतान्त्रिक मुलुक कपिलवस्तु हुन् : सीके राउत

विश्वकै पुरानो गणतान्त्रिक मुलुक कपिलवस्तु हुन् : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २२, सोमबार ११:३८
विश्वकै पुरानो गणतान्त्रिक मुलुक कपिलवस्तु हुन् : सीके राउत

कपिलवस्तु : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले कपिलवस्तु जिल्लाको अस्तित्व गौतम बुद्धको गृह नगरी मात्रै नभई संसारकै पुरानो गणतान्त्रिक मुलुकको रुपमा रहेको बताएका छन ।

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा कपिलवस्तुको तौलिहवामा भएको रात्रीकालिन नवौं प्राचिन कपिलवस्तु महोत्सवको समापन कार्यक्रममा उनले कपिलवस्तुलाई विश्वकै पुरानो गणराज्य (गणतान्त्रिक) मुलुक भएको बताए ।

सिद्धार्थ गौतम (गौतम बुद्ध) का पिता शुद्धोधन गणराज्य कपिलवस्तुका गणपति भएको बिषय तर्फ दृष्टिगत गर्दै उनले संसारले विश्वको पुरानो गणतान्त्रिक मुलकको रुपमा सान मारिनोलाई चिन्दै आए पनि आफुले गणराज्य कपिलवस्तु बिश्वको पुरानो भएको पाएको दावी गरे ।

“बिश्वले पुरानो मानेको सान मारिनोको ईतिहास ईस्वि सम्बत ३ सयको हो भने बिभिन्न उत्खनन र अन्वेषणको नतिजाले कपिलवस्तुको ईतिहास ईसा पुर्व ५/६ सय बर्ष भन्दा पुरानो छ । यस अर्थमा पनि कपिलवस्तु गणराज्यको ईतिहास सान मारिनो भन्दा ८ सय बर्ष भन्दा बढि पुरानो छ ।” अध्यक्ष राउतले भने । कपिलवस्तुले गणतन्त्र विश्वलाई नै चिनाएको उनले बताए । नेपाल गणतान्त्रिक मुलुक भएको अहिलेको अवस्थामा गणतन्त्रको दृष्टिकोणले कपिलवस्तु गौरवको स्थान भएको उनको तर्क थियो ।

नवौ प्राचिन कपिलवस्तु महोत्सवले स्थानिय कला संस्कृतीको संरक्षण सम्बर्धन सगै व्यापार व्यवसाय प्रबद्र्धन हुने गरेकोमा आफु आशावादी रहेको डा.राउतको भनाई थियो ।

डा.राउतले उल्लेख गरेको विश्वले पुरानो मान्दै आएको सान मारिनो हालको इटालीको भित्री भागमा अवस्थित सानो मुलुक हो । जुन ईस्वी सम्बत ३०१ मा (१ हजार ७ सय बर्ष अघि) स्थापना भएको थियो भने गणराज्य कपिलवस्तुको ईतिहास २ हजार ५ सय बर्ष भन्दा पुरानो रहेको देखिन्छ ।

सम्पन्न हुन थालेको नवौ प्राचिन कपिलवस्तु महोत्सव अन्तिम चरणमा थप सफल र उत्कृष्ट बनेको महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए । बिगतमा बुद्धकालीन रुपमा रात्रीकालिन रुपमा हुने गरेको रमाइलो मेलालाई महोत्सवको रुपमा रुपान्तरित गरिएको उनले बताए ।

प्राचिन कपिलवस्तु महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटनको प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको पूर्व मन्त्री दान बहादुर चौधरीको भनाई थियो । महोत्सवले स्थानिय रोजगारीको सृजना र व्यवसाय प्रबद्र्धनमा टेवा पुर्याएको लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेशसभाका सदस्य सिके गुप्ताले बताए ।

महोत्सवले स्थानिय उत्पादनको बजारीकरण र जिल्लाको प्रबद्र्धनमा सहयोग पुर्याएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको भनाई थियो ।

महोत्सवमा जिल्लाको बुद्ध स्थल र पर्यटकियस्थलको तस्बिरात्मक झलक, स्थानिय उत्पादन, कृषी र घरेलु उत्पादन, झुला र बाल उद्यान, बालबालिकाका लागी स्केटिगं, राष्ट्रिय र स्थानिय कलाकारको मनोरञ्जनात्मक कार्यक्रमले स्थानिय कलालाई प्रबद्र्धन गर्न सहयोग पुगेको संघका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक समितिका संयोजक संदिप कुमार श्रीवास्तवको भनाई थियो ।

बैशाख ११ गते शुरु भई आईतबार राती कार्यक्रम समापन भएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार ११:३८

तपाईको प्रतिक्रिया !