संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यक : सीके राउत

संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यक : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २१, आईतवार १६:५५
संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यक : सीके राउत

रुपन्देही : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पार्टीको संगठनलाई मजबुत बमाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

आइतबार जनमत पार्टी रुपन्देहीको पार्टी कार्यलय भैरहवामा आयोजित अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष डा.राउतले आगामी पार्टीको कार्ययोजना र संगठन मजबुत बनाउनका लागि केही कसरबाँकी नराखन जोड दिए।

अध्यक्ष डा.राउतले भविष्यमा जनमतको सफलताका लागि पार्टीको संगठन मजबुत बनाउनुपर्ने आवस्यकता रहेको बताए।

पार्टीका अगुवा नेताहरुलाई आग्रह गर्दै अध्यक्ष डा.राउतले भने, ‘स्थानीय स्तरमा संगठन निर्माण गरि स्थानीय नेताकार्यकर्ताहरुसंग समन्वय गरि उहाँहरुको सुखदुःखमा साथसाथै लिएर अगाडि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गरे।’

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव, राष्ट्रिय सचिव बाल गोविन्द चौधरी र जनमत पार्टी लुम्बिनी प्रदेशका संसदीय दलका नेता पुर्वमन्त्री सीके गुप्तासहितको उपस्थितिमा पार्टीका अगुवा नेताकार्यकर्ताहरु सहभागिता रहेको जनमत पार्टी रुपन्देहीका जिल्ला इन्चार्ज रामकेश गुप्ताले जानकारी दिए।

प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार १६:५५

तपाईको प्रतिक्रिया !