जनमतका प्रदेश सांसद ईन्जिनियर साहको पहलमा सडक ढलान सुरु

जनमतका प्रदेश सांसद ईन्जिनियर साहको पहलमा सडक ढलान सुरु
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २०, शनिबार १७:०२
जनमतका प्रदेश सांसद ईन्जिनियर साहको पहलमा सडक ढलान सुरु

जनकपुरधाम : जनमत पार्टीका मधेश प्रदेश सभा सदस्य ईन्जिनियर शम्भु साहको पहलमा सडक ढलान सुरु गरिएको छ ।

शनिबार राजगढ गाउँपालिका-५ मा धोनकी टोलमा एक कार्यक्रमबीच जनमत पार्टी राजगढ गाउँपालिका अध्यक्ष उपेन्द्र मण्डलले सडक ढलान कार्यको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर – ३ (ख) का निर्वाचित प्रदेश सभा सदस्य तथा पुर्व पर्यटन राज्यमन्त्री ईन्जिनियर शम्भु साहको पहलमा मधेश सरकारबाट २५ लाख रकम उक्त योजनाको लागि विनियोजन गरिएको थियो।

उक्त सडक ढलान कार्यको लागि पुर्वाधार विकास कार्यलय सप्तरीले यसै आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी कार्यदेश दिएको छ।

उक्त सडक ढलान कार्य उपभोक्ता समिति मार्फत काम गरिनेछ।

प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार १७:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !