जनमत अध्यक्ष सीके राउत आइतबार भैरहवा आउदैँ

जनमत अध्यक्ष सीके राउत आइतबार भैरहवा आउदैँ
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २०, शनिबार १४:३६
जनमत अध्यक्ष सीके राउत आइतबार भैरहवा आउदैँ

कपिलवस्तु : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आइतबार कपिलवस्तु आउने भएका छन् । कपिलवस्तु महोत्सव समारोहमा सहभागी हुन उनी भैरहवा आउन लागेका हुन् ।

अध्यक्ष डा.राउतले आइतबार बिहान ९ बजे बुद्ध एयरको फ्लाइटबाट भैरहवा आउन लागेका जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए।

सचीव यादवका अनुसार पार्टी अध्यक्ष डा.राउतसंग लुम्बिनी प्रदेश समन्वय समितिका पदाधिकारीहरुसंग आइतबार दिउँसो १ बजे भेटघाट कार्यक्रम रहेको बताए ।

पार्टीका नेताकार्यकर्ताहरुसंग अध्यक्ष डा.राउतले भेटघाट गरेपछि कपिलवस्तु महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार १४:३६

तपाईको प्रतिक्रिया !