सप्तरीको मलेकपुरमा जनमतका प्रदेश सांसद ई.साहले गरे सामुदायिक भवनको शिलान्यास

सप्तरीको मलेकपुरमा जनमतका प्रदेश सांसद ई.साहले गरे सामुदायिक भवनको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १६, मंगलवार १०:४३
सप्तरीको मलेकपुरमा जनमतका प्रदेश सांसद ई.साहले गरे सामुदायिक भवनको शिलान्यास

जनकपुरधाम : जनमत पार्टीका मधेश प्रदेश सांसद ई.शम्भु साहले एक सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

सोमबार राजगढ गाउँपालिका-५ मलेकपुरमा सप्तरी निर्वाचन क्षेत्र नं.३ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य ई.साहले सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

उक्त सामुदायिक भवनको लागि मधेश प्रदेश सरकारबाट ३० लाख रकम विनियोजन गरिएको छ।यसै आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी कार्यदेश दिएको हो।

जनमत पार्टी राजगढ गाउँपालिकाका अध्यक्ष उपेन्द्र मण्डलसहित पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा सो भवनको शिलान्यास गरिएको पार्टीका युवा नेता पंचलाल मधेशीले बताए ।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार १०:४३
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !