धनुषाको तेलियाहामा जनमतका नेता सहनीले गरे सडक ढलानको शिलान्यास

धनुषाको तेलियाहामा जनमतका नेता सहनीले गरे सडक ढलानको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार १०:५१
धनुषाको तेलियाहामा जनमतका नेता सहनीले गरे सडक ढलानको शिलान्यास

जनकपुरधाम : धनुषाको कमला नगरपालिका- २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको ढलान कार्य सुरु भएको छ ।

शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सँतोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेपछि सडक ढलान कार्य सुरु भएको छ ।

शहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए ।

तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार १०:५१

तपाईको प्रतिक्रिया !