रतनपुरमा वनमन्त्री त्रिभुवन साहले गरे सडकको शिलान्यास

रतनपुरमा वनमन्त्री त्रिभुवन साहले गरे सडकको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ६, शनिबार १५:४३
रतनपुरमा वनमन्त्री त्रिभुवन साहले गरे सडकको शिलान्यास

जनकपुरधाम : मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले एक सडकको शिलान्यास गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ रतनपुरमा शनिबार आयोजित एक कार्यक्रमका वीच सडक ढलान कार्यको मन्त्रीसाहले शिलान्यास गरेका हुन् ।

सडक शिलान्यास गर्दै मन्त्री साहलले सडक निर्माण कार्यको गुणस्तर र समयमै काम सम्पन्न गर्न आग्रह गरे।

“यस काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनीय हुनेछैन’ उनले भने, ‘यदि काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दिनँ।’

सडक ढलान सुरु भएकोमा स्थानीयले खुसी व्यक्त गरे । यो सडक ढलान सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको छ।

कार्यक्रममा कर्जन्हा नगरपालिका नगरप्रमुख भोला प्रसाद पोखरेल, वडा नम्बर १ का अध्यक्ष फडिन्द्र प्रसाद पोखरेल,विद्यार्थी जनमत संघ सिरहाका अध्यक्ष अरबिन्द्र सहनी, नन्देव यादव,रामरतन मुखिया लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १५:४३

तपाईको प्रतिक्रिया !