सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २८, बिहीबार ११:४२
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० पुगेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार ११:४२

तपाईको प्रतिक्रिया !