बर्दियामा जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यदलको बैठक

बर्दियामा जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यदलको बैठक
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २४, आईतवार १३:१५
बर्दियामा जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यदलको बैठक

बर्दिया : मधेश र तराईमा गत आम निर्वाचनमा उदाएका जनमत पार्टी र नागरपक उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्दै छ ।

कार्यदलको बैठकले विधान मस्यौदा प्रतिस्थापनका लागि समिति बनाउने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आइतबार बस्ने बैठकमा विधानले मूर्तरुप पाउने बताए ।

पार्टी एकीकरणका लागि बैशाख ५ र ६ गते टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने उनले जनाए । गुलरियामा चौधरीको घरमा बिहान सिके राउतसँग भेटवार्तापछि उनीहरु अमरपुर गएका छन् ।

संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताए । एकीकरणका लागि दुबै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतको भनाइ छ ।

उनले भने, ‘केही कुरामा समझदारी नभए दुबै पार्टीले आ–आफ्ना अडान छाड्नेछौं । जति हुन्छ छिटो एकिकरणको मुद्दा टुंग्याउने छौं । पहिचानको मुद्दा दुबै पार्टीको हो ।’

प्रकाशित मिति: २०८१ चैत्र २४, आईतवार १३:१५

तपाईको प्रतिक्रिया !