विद्यार्थी जनमत संघका केन्द्रिय सदस्यमा धनुषाबाट १३ जना मनोनीत

विद्यार्थी जनमत संघका केन्द्रिय सदस्यमा धनुषाबाट १३ जना मनोनीत
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ चैत्र २२, शुक्रबार ०१:०५
विद्यार्थी जनमत संघका केन्द्रिय सदस्यमा धनुषाबाट १३ जना मनोनीत

जनकपुरधाम : जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघको केन्द्रिय सदस्यमा धनुषाबाट १३ जनालाई मनोनीत गरेका छन् ।

बिहिवार विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक पोषण कुमार यादवले संघका केन्द्रिय सदस्यमा विभिन्न जिल्लाबाट ६० जनालाई मनोनीत गरेका हुन् ।

त्यसमध्ये धनुषा जिल्लाबाट संघका केन्द्रिय सदस्यमा सतिश पण्डित ,शशिकान्त मण्डल ,विजय यादव,अंजली यादव,अजय कुमार दास,मनोज कुमार महरा,रबिन्द्रकुमार महरा,नरमदाकुमारी शर्मा,दीपक भण्डारी ,राकेश यादव,सचिन यादव,बिकास यादव, राकेश महरा र शत्रुधन यादवलाई केन्द्रिय सदस्यमा मनोनित भएको विद्यार्थी नेता संगमकुमार शाहले बताए ।

विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादवले धनुषा जिल्लामा विद्यार्थी राजनीतिमा सक्रिय भुमिका खेल्दै आइरहेका १३ जनालाई विद्यार्थी नेताहरुको नाम दुई दिन अगाडि सिफारिस गरेका थिए।

प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार ०१:०५

तपाईको प्रतिक्रिया !