जनमतद्वारा भाषा विधेयकप्रति आपत्ति जनाउँदै प्रदेश सभा अगाडि विरोध प्रदर्शन

जनमतद्वारा भाषा विधेयकप्रति आपत्ति जनाउँदै प्रदेश सभा अगाडि विरोध प्रदर्शन
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ माघ १०, बिहीबार २०:३९
जनमतद्वारा भाषा विधेयकप्रति आपत्ति जनाउँदै प्रदेश सभा अगाडि विरोध प्रदर्शन

जनकपुरधाम : भाषा विधेयकको विरोध गर्दै जनमत पार्टीका विद्यार्थीहरूले मधेश प्रदेशको प्रदेश सभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रस्तुत गरेको विधेयकमा मधेशी भाषालाई स्थान दिनुपर्ने माग गर्दै विद्यार्थी जनमत संघ र युवा जनमत संघ धनुषाले प्रदेश सभा अगाडि प्रदर्शन गरिएको हो ।

उनीहरूले विधेयक प्रस्तुतकर्ता शिक्षामन्त्री तिवारीका साथै आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहविरुद्व पनि नारावाजी गरेका छन् ।

विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादवको अगुवाईमा प्रदेश सभा भवन अगाडि टायर बालेर प्रदर्शन गर्दै मधेशको आठवटै जिल्लामा बहुसंख्यकले बोल्ने मधेश भाषालाई संस्थागत गर्न माग गरेका छन् ।

उनले भने, ‘लाखौंलाख व्यक्तिहरु बोल्ने मधेशी भाषा, थारु भाषा, मगही भाषा लगायतलाई विधेयकमा नअटाएकोले हामीले मधेशको प्रदेश सभा अगाडि विरोध प्रदर्शन गर्दै भाषा सम्बन्धनमा ल्याइएका विधेयक सच्याउन माग गरेका छौं ।’

मन्त्री तिवारीले बुधवार प्रदेशसभामा प्रस्तुत गरेको विधेयक अन्यायपूर्ण रहेको बताउँदै नसच्चाईए कडा विरोधमा जाने विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले चेतावनी दिएको छ ।

प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार २०:३९

तपाईको प्रतिक्रिया !