बोदे बरसाईनमा जनमतका नगर स्तरीय प्रशिक्षण सम्पन्न

बोदे बरसाईनमा जनमतका नगर स्तरीय प्रशिक्षण सम्पन्न
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ माघ ३, बिहीबार २२:०६
बोदे बरसाईनमा जनमतका नगर स्तरीय प्रशिक्षण सम्पन्न

सप्तरी : जिल्लाको बोदे बरसाईन नगरपालिका जनमत पार्टीको विस्तारित बैठक तथा नेतृत्व विकास सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार पार्टीका नगर अध्यक्ष बालेश्वर यादवको अध्यक्षतामा बरसाईन बजारस्थित धर्मशालाको सभाहलमा नगरभरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। जनमत पार्टीका संघीय परिषद अध्यक्ष तथा संगठन भिभाग प्रमुख डा.जयकान्त राउतले प्रशिक्षण दिएका हुन्।

ADVERTISEMENT

प्रशिक्षण कार्यक्रममा डा.राउतले अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीको स्थानीय स्तरमा संगठन विस्तार गर्न नेताहरू निर्देशन दिदैँ भने देशका किसान, मजदुर, व्यापारी र कर्मचारी सबैको अधिकार प्राप्त हुने मुख्य माध्यम नै राजनीति भएकाले हरेकले राजनीतिलाई बुझ्नु पर्ने र सही दिशामा लैजान प्रयास गर्नुपर्ने बताएका हुन ।

उक्त कार्यक्रममा जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्य साथ चलाइएको जनमत पार्टीका नेता विद्या नारायण यादवले बताए ।

सो प्रशिक्षण कार्यक्रम जनमत पार्टी जिल्ला ईन्चार्ज रामगन साह, बोदे बरसाईन नगर कमिटी उपाध्यक्ष विभा देवी राम, सचिव प्रदिप कुमार साह, सह- सचिव प्रदिप शर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार २२:०६
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !