औरही गापा २ तुलसीपुरमा सडक ढलानको शिलान्यास

औरही गापा २ तुलसीपुरमा सडक ढलानको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८१ पुष २१, आईतवार १७:४०
औरही गापा २ तुलसीपुरमा सडक ढलानको शिलान्यास

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद संजय कुमार यादव, गापा अध्यक्ष शिवजी यादव र वडाध्यक्ष राम अयोधी यादवले शिलान्यास गरेक हुन् ।

शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ।

ठेक्का न.PUDBC/SAPTARI/WORK/NCB/21/2081-82 रहेको उक्त निर्माण कार्य २०८१ चैत ३१ भित्र सक्नुपर्ने छ।

जनमत पार्टीबाट निर्वाचित समानुपातिक सांसद विनिता कुमारी सिंहको सिफारिसमा उक्त सडकमा दुई मन्त्रालयबाट एक करोड १५ लाख र एक करोड ४५ लाख गरि दुई करोड ६० लाख रकम विनियोजन भएको हो। जसमध्ये ४४० मिटर सडक ढलान र ८३० मिटर कालोपत्रे हुने जनाएको छ।

कार्यक्रममा जनमतका नेता तथा सिरहा क्याम्पस स्ववियू सभापति दिपेन्द्र कुमार यादव, जनमत पार्टी वडा कमिटी अध्यक्ष प्रशुराम यादव, वडा सदस्यहरु र बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८१ पुष २१, आईतवार १७:४०

तपाईको प्रतिक्रिया !