थारू समुदायको कलासंस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री सिंह

थारू समुदायको कलासंस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री सिंह
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ मंसिर १, शनिबार २१:४४
थारू समुदायको कलासंस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री सिंह

राजबिराज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले थारू समुदायको कलासंस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदैँ समाचकेवा भाई विहनीको प्रेमको प्रतिकको पर्व रहेको बताए ।

समाचकेबामा रहेकाे चुगला जस्तै हाम्रो समाजमा पनि केही चुगला प्रवृत्तिका मानिसहरु रहेकोले यस्तालाई पहिचान गरि चुगला जस्तै बहिस्कृत गर्नुपर्नेमा जोड दिए । “मुख्यमन्त्री सिंहले सप्तरी जिल्लामा थारू संस्कृति कलाप्रर्दशनी म्युजियम स्थापना गर्ने घोषणा गर्नुभयो ।”

सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर-२ स्थित शत्रुघ्न माध्यमिक बिधालय खेलमैदान नेङ्गडामा “सब समुदाय मिलके समाचकेवा खेलाउ” “अपन भेषभुषा ,भाषा ,कला संस्कृतिके जाेगाउ” नाराका साथ थारू कल्याणकारी सभा जिल्ला कार्यसमिति सप्तरीले जिल्ला स्तरीय समाचकेवा महोत्सव कार्यक्रम मनाएका छन्।

आयोजक थारू कल्याणकारी सभा सप्तरीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पाग लगाए सम्मान गरेका थिए ।

सो कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट आएका थारू समुदायका महिलाहरूले डालीमा सज्जाइएर ल्याएका माटोले बनाएका समाचकेवा तथा थारू कलासंस्कृति समेत प्रदर्शन गरेकाहुन् ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव, बोदे बरसाईनका नगरप्रमुख आतेश कुमार सिंह यादव, सुरूङ्गा नगरपालिका नगरप्रमुख गिता चाैधरी, बलान बिहुलका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिका नगरप्रमुख रामलखन मलहा, नेपाली कांग्रेस बोदे बरसाईन नगरसभापती दिपेन्द्र यादव, थाकस सदस्य महेन्द्र चाैधरी, सुरूङ्गा नगरपालिका पूर्व नगरप्रमुख मुक्तिनाथ चाैधरी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी थारू अगुवाहरूले थारू जातीलाई राज्यको निकायमा जनसंख्याको आधारमा आरक्षण दिनुपर्नेमा जोड दिनुभयो ।

समाचकेवा महोत्सव थारू कल्याणकारी सभा सप्तरीका सभापति भुपेन्द्र कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई स्वागत मन्तव्य जिल्ला कार्यसमिति उपसभापति रामप्रसाद चाैधरीले गर्नुभएको थियो ।

माैलिक पहिरणमा सज्जिएका थारू महिलाहरूले र स्थानीय कलाकारहरूले समाचकेवा महोत्सवमा आकर्षकता थपेका थिए ।

 

प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार २१:४४

तपाईको प्रतिक्रिया !