सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको मुख्यमन्त्री सिंहको दाबी

सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको मुख्यमन्त्री सिंहको दाबी
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक २४, शनिबार १०:५९
सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको मुख्यमन्त्री सिंहको दाबी

राजविराज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । शुक्रबार गृहजिल्ला सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

विभिन्न दलको सहभागितामा बनेको वर्तमान सरकारमा आपसी विश्वास र समन्वय रहेको दाबीका साथ उनले सरकारमा जानका लागि कुनै दलले प्रयास गर्दैमा सरकार नढल्ने उनको दाबी थियो ।

सात वर्षसम्म सरकारको नेतृत्व गरेको जसपा नेपालतर्फ लक्षित गर्दै उनले फेरी पनि सत्तामा जान चाहनु आश्चर्य नरहेको भन्दै बलियो बहुमतका साथ रहेको आफ्नो नेतृत्वको सरकारलाई केही फरक नपर्ने जिकिर गरे ।

जनताका समस्यालाई मध्यनजर गर्दै काम गर्नका लागि आफू नेतृत्वको सरकार लागि परेको दाबीका साथ उनले विभिन्न दलको सहभागिता रहेका कारण मिलाएर लैजाने क्रममा चाहे जतिको गति प्राप्त गर्न नसकेको समेत बताए ।

“तथापी, हामीहरु काम गर्नका लागि प्रतिबद्ध छौं उनले भने, सबैको एकैनासको कार्य क्षमता नहुन सक्छ ।” विगतका सरकारको पालामा प्रक्रिया नपु¥याई गरिएको नियुक्तिका कारण पनि काम गर्न अफ्ठ्यारो भइरहेको भन्दै मुख्यमन्त्री सिंहले विगतका कमिकमजोरी सुधारका लागि आफू छानबिनमा समेत लागेको जानकारी दिए ।

मधेश प्रदेश कृषि विश्वविद्यालयमा १० लाख मात्र न्युन बजेट छुट्याइएको विषयमा राखिएको जिज्ञासामा उनले कर्मचारीले गरेको त्रृटीका कारण यस्तो हुन गएको स्पष्ट पारे । विश्वविद्यालको खातामा अहिले पनि २५÷३० करोड रहेका कारण काममा कुनै वाधा नपर्ने उनको कथन थियो ।

विगतमा प्रक्रिया मिचेर विश्वविद्यालयको रजिष्टार नियुक्ति गरिएको भन्दै उनले त्यहा काममा भन्दा पनि कमिशनको खेल बढी हुने गरेको दोषारोपन समेत गरे ।

प्रदेशमा रोजगारी सृजनाका लागि आफूहरुको ध्यान केन्द्रित रहेको बताउँदै उनले महिलालाई समेटेर कृषि क्षेत्रको आधुनिकीकरण र रोजगारी उपलब्ध गराउने योजना रहेको जानकारी समेत दिए । मधेश प्रदेशमा रहेको साक्षरताको न्यून अवस्थालाई उकास्न शिक्षा नीति तयारी गर्ने र सोही अनुसार अघि बढ्ने योजना समेत मुख्यमन्त्री सिंहले सुनाएका छन् ।

पत्रकार महासंघ सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक २४, शनिबार १०:५९

तपाईको प्रतिक्रिया !