रौतहट प्रहरीले गरे कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद

रौतहट प्रहरीले गरे कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १५, बिहीबार १३:४३
रौतहट प्रहरीले गरे कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद

रौतहट : चाडपर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी गस्ती टोलीले कागजपत्र नभएको २५ वटा मोटरसाइकल बरामद गरिएको छ।

गत असोज १७ गते देखि बुधवार कार्तिक १३ गते सम्म प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्दा कागजपत्र नभएको २५ थान बेवारिसे मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

ADVERTISEMENT

बरामद मोटरसाइकलको कूल २२ लाख २५ हजार मूल्याङ्कन सहित बुधवार जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको डीएसपी राय द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

रौतहटमा चोरीको मोटरसाइकल चढ्ने संख्या बढेको गुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले चेकजाँचमा तीव्रता दिएको हो।

प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार १३:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !