रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार २३:०४
रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

शुक्रवार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्।

ADVERTISEMENT

उनले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरुको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दावी गरे।

मन्त्री भण्डारीले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको बताए।

उनले रोजगारीको अवसर लुकाउने, छिपाउने काम भएको भन्ने गुनासो आएपछि आफूहरुले पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रमा ती सबै सूचना पुग्नेगरी एकीकृत सूचना प्रणालीको विकासमा लागेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार २३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !