नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १५:३२
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

वासिङ्टन डीसी : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुक्क भएर नेपालमा सूचना र प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।

अमेरिकी उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको छलफलमा मन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेको र त्यसको आकर्षक प्रतिफल प्राप्त हुने बताए। उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा समेत लगानी गरेर लाभ लिन अनुरोध गरे।

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गरे।

छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १५:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !