खजुरीमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

खजुरीमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार ०९:३५
खजुरीमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न

जनकपुरधाम: धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका – ४ खजुरीमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

बिहीबार श्री के.एस.एच.एस.बी.माविको आयोजनामामा वादविवाद प्रतियोगिता गरिएको हो । प्रधानाध्यापक संघ नेपाल धनुषा अध्यक्ष पवन कुमार मण्डलको अध्यक्षतामा जिल्ला स्तरिय वादविवाद प्रतियोगिता भएको थियो ।

कार्यक्रममा धनुषा शिक्षा प्रमुख चेत पोखरेलको प्रमुख अतिथिमा वादविवाद पतियोगितामा सम्पन्न भएको थियोे ।

“बल भन्दा बुद्धि ठुलो” विषयमा जिल्ला स्तरिय वादविवाद प्रतियोगिता भएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाइ धनुषा प्रमुख चेतकुमार पोखरेलको प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगराम मण्डलको विशिष्ट अतिथि उपस्थितिमा धनुषाका २२ वटा विद्यालयहरुले प्रतियोगितामा भाग लिएको थियो ।

“बल भन्दा बुद्धि ठुलो” विषयक वादविवाद प्रतियोगितामा प्रथम स्थान के एस एच एस बी मावि खजुरी, द्वितिय स्थान श्री जनता नमुना मावि गिद्वाबेलापट्टि, तृतिय स्थानमा मावि सबैला प्राप्त गरेको छ।

त्यस्तै सान्त्वना स्थान के एस एच एस बी मावि खजुरीले हासिल गरेका थिए भने विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र दिएको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार ०९:३५

तपाईको प्रतिक्रिया !