सप्तरीको कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान

सप्तरीको कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २५, शुक्रबार २२:०१
सप्तरीको कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान

राजविराज : मुलुककै प्रसिद्ध सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकास्थित कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान गरिएको छ ।

यो मन्दिरमा प्रत्येक दशैको नवमीका दिन राँगाकाे बली दिइने परम्परा छ । यस पटकको दशैंमा शुक्रबार ६११ राँगाकाे बली प्रदान गरिएको मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले जनाएको छ ।

गत बर्ष यो मन्दिरमा ६०३ वटा राँगाकाे बली दिइएको थियोे । राँगाकाे बली हेर्न श्रद्धालुको घुइँचो लागेको थियो।

 

प्रकाशित मिति: २०८१ आश्विन २५, शुक्रबार २२:०१

तपाईको प्रतिक्रिया !