स्थानीय तहको उपनिर्वाचनका लागि जनमतसहित २५ दल दर्ता

स्थानीय तहको उपनिर्वाचनका लागि जनमतसहित २५ दल दर्ता
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २०, आईतवार १९:१९
स्थानीय तहको उपनिर्वाचनका लागि जनमतसहित २५ दल दर्ता

काठमाडौं ः आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् ।

ADVERTISEMENT

दर्ता भएका दलमा जनमत पार्टी,नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल रहेका छन् ।

त्यसै गरी हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय मातृभूमि पार्टी र नेपाली जनता दल आयोगमा दर्ता भएका छन् ।

प्रकाशित मिति: २०८१ आश्विन २०, आईतवार १९:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !