तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १२, शनिबार १९:५०
तिलाठी कोइलाडीका पाँच सयभन्दा बढी घर डुबानमा

राजविराज : निरन्तरको अबिरल बर्षाका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाभित्रका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ ।

पालिकाको विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार वडा नम्बर ३ सकरपुरामा ७५, वडा नम्बर ४ कोईलाडीको चट्टीटोल मुखियाटोल मुसहर वस्ती राम टोलमा गरी २०० घर डुबानमा परेको छ ।

यस्तै, वडा नम्बर ५ को राम/खंग टोलमा ५० घर, साह पण्डित टोलमा ३०, बनरझुलामा २०, कुशहामा ३५, टिकुलियामा ३०, दास टोलमा ३० घर डुबानमा परेको छ ।

वडा नम्बर ७ को नवटोलिया मा २५ घर डुबानमा परेको झाले बताए ।

यसैबीच वडा नम्बर ७ को सरदार टोलका बाढी प्रभावित परिवारलाई गाउँपालिकाको कार्यालयले भुजा, भुजिया, नुन, चाउचाउ र खाने तेल राहत स्वरुप वितरण गरेको छ ।

निरन्तरको बर्षाले घर डुबानमा परेपछि पालिकाका अध्यक्ष अरुण कुमार मण्डल वडा नम्बर ४ का अध्यक्ष मुनिलाल मुखिया वडा नम्बर ५ का अध्यक्ष ललन प्रसाद राउत वडा नम्बर ७ का अध्यक्ष हरि नारायण मण्डलसहितको टोलीले शनिवार विहानदेखि वडाहरुमा स्थलगत अवलोकन निरीक्षण गरेको विपद् व्यवस्थापन अधिकृत झाले बताए ।

प्रकाशित मिति: २०८१ आश्विन १२, शनिबार १९:५०

तपाईको प्रतिक्रिया !