बलान बिहुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बलान बिहुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ भाद्र २९, शनिबार २१:०५
बलान बिहुलमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

राजविराज: सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियामा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार विशेश्वर यादव (डाडो) को छैठो स्मृति दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

शिविरमा छिन्नमस्ता अस्पतालका वरिष्ठ चिकित्सक डा.विजय गुप्ता र डा.रमेश यादवको नेतृत्वमा चिकित्सकहरुको टोलीले १ सय ४ जना विरामीहरुलाई स्वास्थ्य जाँच गरि नि:शुल्क औषधि वितरण गरेको हो ।

ADVERTISEMENT

स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवले गाउँपालिका जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै भने गा.पा. अध्यक्ष संग स्वास्थ्य कार्यक्रम मार्फत गाउँपालिका घरघर पुगेर जेष्ठ नागरिक,अशक्तहरूको चेकजाँच गराई गाउँपालिकाको स्वास्थ्य संस्थामा उपचार गराएको बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य वृद्धिलाल यादव, जनमत पार्टीका नेता राजकुमार साह, पंडित शिवराम यादव, ललित कुमार यादव, बजरंगी यादव, बिरेन्द्र कुमार चौधरी, विजय यादव, उपमेयरको स्वकीय सचिव महिन्द्र यादव लगायतका उपस्थिति रहेको थियो ।

विशेश्वर यादव स्मृती प्रतिष्ठानको आयोजना तथा बलान बिहुल गाउँपालिकाको संयोजनमा कार्यक्रममा समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रम प्रतिष्ठानको अध्यक्ष नागेश्वर यादवको अध्यक्षता सम्पन्न भएको थियो ।

स्वर्गीय विशेश्वर यादव नेपाली कांग्रेसमा आबद्ध भएर लामो समय सम्म राजनीति संलग्न थिए ।

प्रकाशित मिति: २०८१ भाद्र २९, शनिबार २१:०५

तपाईको प्रतिक्रिया !