‘सिडियो र एसपी दरबार संघको नियन्त्रित दरबार’

‘सिडियो र एसपी दरबार संघको नियन्त्रित दरबार’
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १४, शुक्रबार १०:२७
‘सिडियो र एसपी दरबार संघको नियन्त्रित दरबार’

जनकपुरधाम: जनमत पार्टीका प्रदेशसभा सदस्य संजय कुमार यादवले सिडियो र एसपी दरबार संघ सरकारको नियन्त्रित दरबार रहेको बताए।

प्रदेशसभाको तेस्रो अधिवेशनको २८ औँ अधिवेशनमा बिहिबार प्रदेशसभा सदस्य संजयकुमार यादवले सिडियो र एसपी दरबार संघबाट नियन्त्रित दरबार रहेको टिप्पणी गरेका छन्।

उनले यो दरबारहरु कायम रहेपछी प्रदेश सरकारले शान्ति सुरक्षाको विषयमा जनतालाई आफ्ना निति अनुसार उहाँहरुको समस्या सामधान गर्न सक्ने अबस्था नरहेको बताए।उनले भने, ‘संघ सरकारको ईक्षा अनुसार चल्ने दरबार रहेको छ।संघको बर्चस्ववादी नेताहरुको इसारामा चल्ने अड्डा रुपमा रहेको बताए।‘

शान्ति सुरक्षाको विषयमा नितिगत रुपमा समस्या समाधान गर्न दलगत एकताको सहमती गरेर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको प्रदेशसभा सदस्य यादवले बताए।

प्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार १०:२७

तपाईको प्रतिक्रिया !