एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १३, बिहीबार १५:०८
एमाले सचिवालय बैठक सुरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी रहेका हुन् ।

आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाए ।

दिउसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरू भएको छ ।

प्रकाशित मिति: २०८१ भाद्र १३, बिहीबार १५:०८

तपाईको प्रतिक्रिया !