शिवराज ९ मा ७ औं महिला तथा पुरुष नकआउट फुटवल प्रतियोगिता सुरु ।।

शिवराज ९ मा ७ औं महिला तथा पुरुष नकआउट फुटवल प्रतियोगिता सुरु ।।
मधेशपत्र मधेशपत्र २०८१ श्रावण २६, शनिबार २२:१५
शिवराज ९ मा ७ औं महिला तथा पुरुष नकआउट फुटवल प्रतियोगिता सुरु ।।

नवराज पौडेल कपिलवस्तु ,,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ९ मा ७ औं महिला तथा पुरुष नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । कृष्ण जन्म अष्टममीको अवसरमा शिवगढी साइनिङ स्टार युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु गरिएको छ शनिबार बाट सुरु भएको प्रतियोगितामा महिला पुरुष र बालबालिका गरि ५७ ओटा टिम दर्ता भएको र भदौ १० गते समापन गरिने क्लवका अध्यक्ष लाल बहादुर रोकाले जानकनरी दिनुभयो
प्रतियोगीताको उद्घाटन वडा नम्वर ९ का वडा अध्यक्ष रामगोपाल चौधरीले गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष राम गोपाल चौधरीले खेलकोमाध्यमबाट खेलाडीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता सम्म पुराउन सहयोग पुग्ने भएकाले यस प्रकारको प्रतियोगिता आयोजना गरिरहनु पर्ने बताउनु भयो । युवाहरुलाई सही बाटोमा मार्गदर्शन गर्न र उनीहरुलाई कुलतबाट मुक्त गर्न खेलकुद अचुक विकल्प भएको भन्दै चौधरीले हरेक वडामा यस्ता खेलकुदका कार्यक्रम हुनपर्ने आवश्यकता औँल्याउनुभयो ।
वडालाई खेलकुदको हवका रुपमा विकास गर्न आफु सदैव तप्पर रहेको जिकिर गर्दै वडाले खेलाडीलाई हरपल सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व वडा अध्यक्ष जिवन खड्काले खेल स्वास्थ्यका लागी मात्र नभई अनुसासन बस्न सिकाउने भन्दै खेलाडी अनुसासित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानिय खेलप्रेमी समाजसेवी, विभिन्न क्लवका अध्यक्ष तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०८१ श्रावण २६, शनिबार २२:१५

तपाईको प्रतिक्रिया !