महिला टी-२० च्यालेन्ज ट्रफी: लगातार तेस्रो जितको खोजीमा भानुआटासँग भिड्दै नेपाल

महिला टी-२० च्यालेन्ज ट्रफी: लगातार तेस्रो जितको खोजीमा भानुआटासँग भिड्दै नेपाल
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ११, शुक्रबार १२:००
महिला टी-२० च्यालेन्ज ट्रफी: लगातार तेस्रो जितको खोजीमा भानुआटासँग भिड्दै नेपाल

काठमाडौं : आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आज (शुक्रबार) नेपाल र भानुआटा भिड्दै छन्।

रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियम ओभल बीमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

ADVERTISEMENT

नेपाली टोली लगातार तेस्रो जितको खोजीमा मैदान उत्रँदै छ।

नेपाली टोलीले यसअघि रुवान्डालाई दुई विकेटले हराएको थियो।

दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको नेपाली टोली पहिलो खेलमा भने अमेरिकासँग ४४ रनको हार बेहोरेको थियो।

भानुआटा भने पहिलो जितको खोजीमा मैदान उत्रँदै छ। २ खेलमा जित र एक खेलमा हार भोगेको नेपाल ४ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

अमेरिका २ खेलमा जित र एक खेलमा हार भोगेको अमेरिका ४ अंकमा शीर्ष स्थानमा छ।

दुई खेलमा जित र २ खेलमा हार भोगेको घरेलु टोली रुवान्डा पनि २ अंकमा दोस्रो स्थानमा छ।

समान ४ अंक भएको इटाली चौथो र जितविहीन भानुआटा पुछारमा छ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १२:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !