चुनावी समीक्षा गर्दै जनमत पार्टी असोजमा महाधिवेशन गर्ने

चुनावी समीक्षा गर्दै जनमत पार्टी असोजमा महाधिवेशन गर्ने
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १, आईतवार २१:०९
चुनावी समीक्षा गर्दै जनमत पार्टी असोजमा महाधिवेशन गर्ने

काठमाडौं : जनमत पार्टीले आफ्नो महाधिवेशनको नयाँ मिति तय गरेको छ। पार्टीले आउँदो ९ र १० असोजमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको मिति परिवर्तन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि पार्टीले २० र २१ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

ADVERTISEMENT

पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेपछि पार्टीले चुनावी नतिजाबारे व्यापक समीक्षा गर्ने निर्णय पनि गरेको छ। पार्टीका महासचिव चन्दन सिंहका अनुसार क्षेत्रीय तहमा समीक्षा बैठक गरी त्यसको प्रतिवेदन आउँदो शनिबारसम्म केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिइएको छ।

साथै, पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि केन्द्रीय प्रतिनिधिको रोहबरमा १४ चैतभित्र जिल्ला तहका पदाधिकारी चयन गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको महासचिव सिंहले जानकारी दिए।

पार्टीले महाधिवेशनअघि संगठन सुदृढीकरण, चुनावी समीक्षा तथा संरचनागत तयारीलाई प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार २१:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !