संसद्को कार्यसूची हेरफेर, सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन हुँदै

संसद्को कार्यसूची हेरफेर, सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन हुँदै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार ११:२७
संसद्को कार्यसूची हेरफेर, सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता अनुमोदन हुँदै

काठमाडौं : प्रतिनिधिसभाको आजको सम्भावित कार्यसूची हेरफेर गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले पूर्वनिर्धारित कार्यसूचीमा परिवर्तन गरिएको हो ।

ADVERTISEMENT

यसअघि आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । उक्त विषय हटाएर सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन गर्ने कार्यसूची राखिएको छ ।

संसद् सचिवालयका अनुसार आज ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल तथा अनुमोदनको प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ११:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !