मधेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

मधेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ४, शनिबार ०५:५५
मधेशसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौंः हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरस्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

ADVERTISEMENT

त्यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार ०५:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !