चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १५:२२
चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं : यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ ।

मंगलबार विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन् ।

ADVERTISEMENT

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे ।

चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँ ठाउँमा सडक विभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने उनले बताए । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे ।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १५:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !