मानव अधिकार आयोगले भन्योः जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग गरियो

मानव अधिकार आयोगले भन्योः जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग गरियो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:३०
मानव अधिकार आयोगले भन्योः जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग गरियो

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी पुस्ताको मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।

आयोगले शनिबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्नसमेत आग्रह गरेको छ।

ADVERTISEMENT

सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी सम्बोधन गर्नुपर्ने भन्दै आयोगले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुखद भएको बताएको छ।

‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ।

लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ। यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगले भनेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १८:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !