सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १२:३१
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।

ADVERTISEMENT

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ। आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १२:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !