जसपा नेपालका नेताहरू मध्यराति रिहा

जसपा नेपालका नेताहरू मध्यराति रिहा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार ०८:३७
जसपा नेपालका नेताहरू मध्यराति रिहा

जनकपुरधाम : काठमाडौंको बबरमहलमा गरिएको मशाल जुलुसका क्रममा पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई प्रहरीले मध्यराति रिहा गरेको छ।

गौर घटना प्रकरणमा अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक प्रतिशोधस्वरूप फसाउन खोजिएको भन्दै जसपाले प्रदर्शन जारी राखेको छ। सोही क्रममा आइतबार मशाल जुलुस निकालेपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो।

ADVERTISEMENT

पक्राउ पर्नेको सूचीमा जसपाका केन्द्रीय प्रवक्ता तथा मधेश प्रदेशसभा सांसद मनिष सुमन, सांसद किरण साह, लुम्बिनी प्रदेश सांसद अम्बिका दाहाल, केन्द्रीय सदस्य डा. बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँ, दिनेश यादव, युवा नेता ओम यादव मनिष, मनिष कुमार यादव, बलिराम कापर लगायत गरेर १८ जना रहेका थिए।

उनीहरूलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको थियो र राति उनीहरू सबैलाई रिहा गरिएको जसपा नेपालले जनाएको छ।

रिहाइपछि प्रतिक्रिया दिँदै जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले आन्दोलन जारी रहेको बताए। उनले ‘नश्लवादी सरकारले आफ्नो नीतिमा परिवर्तन नगरेसम्म’ संघर्ष निरन्तर अघि बढ्ने चेतावनी दिए।

गौर घटनाका सम्बन्धमा सर्वोच्च अदालतले छानबिनका लागि परमादेश जारी गरेपछि शनिबारदेखि जसपा कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन्।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०८:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !