हंसपुरमा सडक विस्तार सुरु हुँदै, नगरपालिका भित्रका संरचना हटाउन सूचना

हंसपुरमा सडक विस्तार सुरु हुँदै, नगरपालिका भित्रका संरचना हटाउन सूचना
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार ०८:१६
हंसपुरमा सडक विस्तार सुरु हुँदै, नगरपालिका भित्रका संरचना हटाउन सूचना

जनकपुरधाम : विश्व बैंकको आर्थिक सहायतामा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) अन्तर्गत मनहरपुर (शहीद मार्ग)–बघचौरा–हंसपुर–खरिहानी–सिमराढी सडक आयोजना सुरु हुने भएको छ ।

धनुषाको हंसपुर नगरपालिकाले सडक निर्माण सुरु हुन लागेको भन्दै निर्धारित क्षेत्रभित्रका अवैध संरचना तत्काल हटाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ADVERTISEMENT

नगरपालिकाका अनुसार उक्त सडक आयोजनामा वडा नं. १, २, ३, ५ र ७ पर्ने क्षेत्रका बस्ती भित्र सडकको बीच भागबाट दायाँ–वायाँ ५–५ मिटर तथा बस्ती बाहिर ६–६ मिटर क्षेत्रफलमा पर्ने कुनै पनि संरचना राख्न पाइने छैन ।

यस क्षेत्रमा खेतबाली खन्ने, कुलो–कुलेसा बनाउने, घर–गोठ बनाउने, पशु चौपाया बाँध्ने, किल्ला लठ्ठा हाल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, निर्माण सामग्री गिट्टी, बालुवा, इँटा आदि थुपार्ने वा राख्ने लगायत कुनै पनि गतिविधि प्रतिबन्धित गरिएको छ ।

नगरपालिकाले सूचनामा भनिएको छ, ‘यो सूचनालाई वेवास्ता गरी अधिकार क्षेत्रभित्र कसैले यस्ता क्रियाकलाप गरी क्षति पुर्‍याएमा हंसपुर नगरपालिका तथा आयोजना जिम्मेवार नहुनेछ । कसैलाई कुनै किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन बाध्य हुने छैन ।’

सडक निर्माण कार्य सुरु हुन लागेको भन्दै निर्माण क्षेत्रमा हाल रहेका सम्पूर्ण संरचनाहरू अविलम्ब हटाइ सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

सूचना प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले जारी गरेका हुन् ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०८:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !