सप्तरीमा जसपा नेपालको जिल्ला अध्यक्षमा केदार यादव पुनः निर्वाचित

सप्तरीमा जसपा नेपालको जिल्ला अध्यक्षमा केदार यादव पुनः निर्वाचित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार १०:१४
सप्तरीमा जसपा नेपालको जिल्ला अध्यक्षमा केदार यादव पुनः निर्वाचित

राजविराज : जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको अध्यक्षमा केदार यादव पुनः निर्वाचित भएका छन्। उनी यसअघि पनि जिल्ला अध्यक्षका रूपमा जिम्मेवारीमा थिए।

१४ साउनदेखि सुरु भएको अधिवेशनको बन्द सत्रमा सहमति नजुटेपछि निर्वाचन भएको थियो। सोमबार सम्पन्न मतदानको मतगणना आज सकिएको हो।

ADVERTISEMENT

निर्वाचनमा यादवले २३५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवले २०५ मत ल्याए।

उपाध्यक्ष पदमा केदार प्यानलका लक्ष्मण यादव र उमेश प्यानलका हरेराम यादव निर्वाचित भए।

सचिव पदमा भने कडा प्रतिस्पर्धा देखिएको थियो। उमेश प्यानलका निरज मुक्ति २३१ मत ल्याएर १ मतको झिनो अन्तरले विजयी भए। उनका प्रतिद्वन्द्वी शम्भु यादवले २३० मत प्राप्त गरेका थिए।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानमार्फत निर्णय गरिएको हो।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार १०:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !