लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार १९:४९
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

भैरहवा : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष मन्त्री पाण्डेले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

ADVERTISEMENT

शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका अन्य मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै, लामो समयदेखि रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता पाण्डेलाई दिएका हुन्।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार १९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !