मालपोत (भूमिकर) असुलीमा कमलाको निर्देशन, सबै वडालाई राजस्व संकलन तीव्र बनाउन परिपत्र

मालपोत (भूमिकर) असुलीमा कमलाको निर्देशन, सबै वडालाई राजस्व संकलन तीव्र बनाउन परिपत्र
राघव मण्डल राघव मण्डल २०८३ श्रावण ११, सोमबार १५:२७
मालपोत (भूमिकर) असुलीमा कमलाको निर्देशन, सबै वडालाई राजस्व संकलन तीव्र बनाउन परिपत्र

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि मालपोत (भूमिकर) असुलीलाई प्रभावकारी बनाउन मातहतका सबै वडा कार्यालयलाई परिपत्र जारी गरेको छ।

नगर प्रमुख विशेश्वर यादवले सोमबार हस्ताक्षर गरेको पत्रमार्फत आर्थिक वर्ष २०८३/८४ मा नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालयबाट संकलन गरिने मालपोत (भूमिकर) को दर साविक (गत आर्थिक वर्ष) कै अनुसार कायम रहेको जानकारी गराइएको छ।

ADVERTISEMENT

नगरपालिकाले सबै वडा कार्यालयलाई सेवाग्राहीबाट स्वीकृत दररेटअनुसार मालपोत (भूमिकर) अनिवार्य रूपमा असुल गरी राजस्व संकलनलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ। साथै, स्वीकृत दरभन्दा फरक शुल्क नलिन र राजस्व अभिलेखलाई अद्यावधिक गर्दै संकलन प्रक्रिया प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।

पत्रमा उक्त निर्देशन अनुसार कार्यान्वयन गर्न भनिएको छ। नगरपालिकाको यो निर्णयसँगै चालु आर्थिक वर्षका लागि मालपोत (भूमिकर) संकलन प्रक्रिया सबै वडा कार्यालयबाट सञ्चालन हुने कमला नगरपालिकाका सूचना अधिकारी बिरेन्द्र कुमार सढानले जनकारी दिएको छ ।

प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार १५:२७
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !